दोलखाको सैलुङ एमालेमा युवा नेता संखर बस्नेत सहित आठ जनाको प्रमुखमा दाबी

अनलाइन दर्पण 2022-04-10
img

  सुशील कार्की

२७ चैत्र २०७८, आईतवार दोलखा

शैलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट ९ जनाको नाम सिफारिस गरेका छन् । शनिबार बसेको पालिका कमिटीको बैठकमा आकाङ्क्षी देखाएका हुन् ।

गाउँपालिका पार्टी कार्यालयले दिएको जानकारी अनुसार धनबहादुर तामाङ‚ गुणबहादुर बुढाथोकी‚ भरतप्रसाद दुलाल‚ ईश्वर न्यौपाने‚  थिरबहादुर तामाङ‚ बुद्धवीर घिसिङ, शंङकर बस्नेत, शिवप्रकाश श्रेष्ठ र युवराज घतानी रहेका छन् ।

त्यसैगरी उपाध्यक्ष पदका लागि लालमाया योञ्जन, वन्दना पाख्रिन, लालमाया तामाङ, पार्वती कार्की थापा‚ तारादेवी बस्नेत, राजकुमार श्रेष्ठ, प्रमीला श्रेष्ठ, पार्वती श्रेष्ठ‚ कमला श्रेष्ठ र गीता लामाले उम्मेदवारी दिएका छन् ।

यसैगरी गाउँपालिकाको ७ वटै वडामा अध्यक्षका लागि सर्वसम्मत हुन सकेको छैन । वडा नं १ मा ५ जनाले दावी गरेका छन् । वडा ३ मा पनि ५ जनाले आकाङ्क्षी देखाएको छ । त्यस्तै वडा ५ भने सर्वसम्मत चयन गरेका छन् ।

सम्बन्धित समाचार

Advertisement