सन्ताेष खड्का
भक्तपुर । दोलाखाली समाजको अध्यक्ष कुमार पि.डि चयन भएका छ्न । समाजको १८ औं बार्षिक साधारणसभा बाट पि. डि अध्यक्षमा चयन भएका हुन । कार्यक्रममा नया बर्षको शुभकामना आदान प्रदान , क्यालेन्डर बिमोचन र आजिबन सदस्यताको प्रमाण पत्र बितरण गरिएको दोलखालि समाजले जनाएको छ।
निबर्तमान अध्यक्ष शन्करनाथ काफ्लेको अध्यक्षतामा र नेपाल सरकार बाग्मती प्रदेशका बन तथा बाताबरण मन्त्री श्री विशाल खड्का को प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस दोलखा काठमाडौ सम्पर्क समितिका अध्यक्ष श्री गोपाल घिमिरे,नेकपा माओबादी दोलखा काठमाडौ सम्पर्क समन्वय कमिटिका अध्यक्ष मीन घिमिरेको उपस्थिति रहेको थियो ।
साधारण सभाले पि.डी को अध्यक्षतामा १५ सदसीय कार्यसमिती चयन गरेको छ।जसमा बरिस्ठ उपाध्यक्ष बुद्धि प्रसाद पोख्रेल,उपाध्यक्ष खुस बहादुर खड्का, महिला उपाध्यक्ष सरिता सिवाकोटी,महासचिव जय बहादुर बस्नेत,सचिब राजु कार्की, कोषाध्यक्ष कमला फुयाल,सदस्यहरू क्रमश गोबिन्द सुवेदी,सुशीला साप्कोटा, एसाङ्ग तामाङ्ग,कालिका बस्नेत श्रेष्ठ, पुष्कर रिमाल, रुपा सिवाकोटी, मैयाँ न्यौपाने, माधव खड्का रहेका छन ।
दोलाखाका सबै राजनितिक दलाहरुलाइ एउटै मंचमा राखेर पटक पटक कार्यक्रम गरिसकेको दोलाखाली समाज नै दोलखाका राजनितिक पार्टिहरुको साझा चौतारी भएको आयोजकको भनाइ रहेको छ।