मनाेज कुमार फुयाल
कार्तिक २५, २०७९ । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोङले दक्षिण एसिया कै सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ । ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेवापत प्रदान गरिदै आएको भारतको सर्वोच्च पुरस्कार 17th Hospitality india, Annual International Travel Awards-2022 को लागि Casino Sector तर्फ़ "Best Casino of South Asia" -Segment मा क्यासिनो माजोङ, नेपाल उक्त पुरस्कार प्राप्त गर्न सफल भएको हो । यही नोभेम्वर ११, २०२२ मा नयाँ दिल्लीमा Award प्रदान गरिएको थियो ।
साथै दक्षिण एसियन क्षेत्रका म्यासिनोहरुको महाप्रबन्धक मध्येबाट Best Casino General Manager of South Asia-2022 अवार्डबाट क्यासिनो माजोङका महाप्रबन्धक अमुल्य बिक्रम राणा सम्मानित हुनु भएको छ।
भारतका उत्तराखण्डका चिफ मिनिस्टर श्री पुस्कर सिं धामी, पर्यटन तथा रक्षा राज्यमन्त्री श्री अजय भाठज्यूको प्रमुख आतिथ्यमा हालै भारत नयाँ दिल्लीमा भएको समारोहमा क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट क्यासिनो माजोङका महाप्रवन्धक अमुल्य बिक्रम राणालाई उक्त सम्मान प्रदान गरिएको हो । पर्यटन तथा आतिथ्य उद्योग मध्ये सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त सम्मान प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी बृत्तचित्र प्रस्तुत गरेको थियो ।
बि.सं. २०६९ पुस १२ मा क्यासिनो माजोङ सोल्टी होटलको परिसरमा संचालनमा आएको हो । क्यासिनो नियमावली २०७० बमोजिम रु.२५ करोड चुक्ता शेयर पूँजी भएको माजोङ इन्टरटेनमेन्ट प्रा.लि.आफैले क्यासिनो इजाजत पत्र प्राप्त गरी २०७१ माघ २१ देखि सोल्टी होटलको परिसरमा क्यासिनो संचालन गर्दै आएको छ । सो क्यासिनोले स्थापनाकाल देखि नै हालसम्म बुझाउनु पर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको र कुनैपनि राजश्व रकम बुझाउन बांकी नरहेको बताइएको छ । हालसम्म कम्पनीले रु.२८ करोड भन्दा बढी राजश्व दाखिला गरिसकेको छ ।
क्यासिनो माजोङमा करार र दैनिक ज्यालादारी समेत गरी हाल ६०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी र हजारौं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटन आगमनमा क्यासिनोको योगदान २० प्रतिशत भन्दा बढी छ भने पर्यटकको बसाईं लम्व्याउन समेत यसले महत्वपूर्ण भूमिका
खेलेको छ । क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडी हवाईमार्गबाट आउने हुँदा यसको योगदान होटल व्यवसायतर्फमात्र नभई वायुसेवा व्यवसाय तर्फ पनि उत्तिकै रहेको छ । गत आ.व.मा करिव एक लाख जनाले सो क्यासिनोमा खेलेका थिए । आधुनिक सामाग्रीको सुविधा प्रदान गरी आधुनिक तवरबाट मनोरञ्जन केन्द्र संचालन गरी विदेशी मुद्रासमेत आर्जन गरेर राष्ट्र निर्माणमा टेवा पुन्याउनु यसको लक्ष्य रहेको छ।