महावीर पुनको जीवनी प्रकाशित हुँदै, प्रकाशनका लागि छापाखानहरूबाट मागे कोटेसन

अनलाइन दर्पण 2023-08-09
img

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका  अध्यक्ष महावीर पुनको जीवनमा आधारित पुस्तक प्रकाशित हुने भएको छ । पुनले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै जीवनी प्रकाशनका लागि छापाखानहरूलाई किताब छाप्ने कोटेसन पठाउन अनुरोध गरेका छन् ।

“म महावीर पुनको जीवन कथाकाे किताब तुरुन्त छाप्नका लागि इच्छुक छापाखानाहरुले office@nicnepal.org मा कोटेसन पठाउनु होला,” उनले पोस्टमार्फत भनेका छन्, “किताबको प्रकाशक राष्ट्रिय आविष्कार केन्द्र हुनेछ ।”

किताबबाट हुने सम्पूर्ण आम्दानी वीरगञ्जका कृषि औजार कारखाना मर्मत गर्न, ५०० केभिएको ट्रान्सफर्मर जडान गर्न र आविष्कार केन्द्रका अन्य दीर्घकालिन प्रोजेक्टहरुमा खर्च गरिने उनको भनाइ छ ।

त्यस्तै पुस्तक बिक्री गर्न चाहनेहरूले पनि आफूले बेच्न चाहको किताबको सङ्ख्या र आफूले खोजेकाे कमिसन सहित office@nicnepal.org मा ईमेल पठाउन उनले अनुरोध गरेका छन् । 

पुनका अनुसार ए फाइभ साइजमा प्रकाशित हुने उक्त पुस्तकमा २९८ पेज रहनेछन् । 

सम्बन्धित समाचार

Advertisement