काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डे एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता हुनुपर्ने धारण राख्नुभएको छ।
आइतबारदेखि नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो धारणा राख्नुभएको हो।
''जनयुद्ध चलिरहेको थियो। त्यतिबेला शान्तिपूर्ण वातावरण मिलाउन माधव नेपालको भूमिका ठूलो छ। शान्ति प्रक्रियाका कामहरुलाई पूर्णता दिनका निम्ति उहाँको भूमिका थियो। आज हामी अर्को नयाँ चुनौतीपूूर्ण घडिमा छौँ। यस घडिमा हामी एकतावद्धा भएर अघि बढ्नुपर्छ। वामपन्थीहरुको एकता हुनुपर्छ। विचारमा स्पष्ट पार्नेछ। कम्युनिष्ट पार्टी र वामपन्थीहरुबीच एकता गनेै प्रयास यस महाधिवेशन गर्नेछ। कम्युनिष्ट दुःखि होइन, अतितमुखी हुन्छन्। यस महाधिवेशनले आदवादको जन्म गराउन सकोस्। विचार, कार्यक्रम सुस्पष्ट गरेर अघि बढ्न सकोस्।''
राष्टिय समस्या हल गर्नका निम्ति राष्टिय सहमति हुनुपर्छ। ठूलो बलिदानीबाटद प्राप्त उपलब्धिको रक्षा गर्नु हाम्रो कर्तव्य हो। आज मुलुकमा केही भएन भनिदैछ यो भाष्य प्रतिक्रियावादी, पश्चगामी भाष्य हो। यसबेला प्रगतिशील जनता, पार्टीका नेताहरु एकतावद्ध बनेर यस्ता निराधार हल्लाहरु चिर्नुपर्छ। सबै खत्तम भए, यता उती भनिदैछ। जो सत्य होइन । क्रान्तिकारी उत्साहका साथ भविष्यका निम्ति काम गर्नुपर्छ। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुपर्छ भन्ने मेरो बुुझाई हो। हामीलाई मित्रसँगै केही अस्थिर पार्टी भनेर भन्नु भएको छ। अन्य पार्टीलाई हेर्ने दृष्टिकोण स्वतन्त्र छ। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुने थिएन। लोकतन्त्र आउने थिएन।