पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा ‘धेरै भारी वर्षा’

अनलाइन दर्पण 2024-07-14
img

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा देशभरमै सबैभन्दा बढी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ७ बजे अपडेट गरेको वर्षा विवरणअनुसार बितेको २४ घण्टामा सिन्धुपाल्चोकको ढुंगे भन्ने स्थानमा १११ मिलिमिटर वर्षा मापन भएको हो। 

सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्। 

पछिल्लो २४ घण्टामा यति धेरै मात्राको वर्षा मुलुकका अन्य कुनै स्थानमा भएको छैन।

सम्बन्धित समाचार