हुण्डी कारोबारको आरोपमा राधेराधेबाट १ जना पक्राउ

अनलाइन दर्पण 2024-10-18
img

भक्तपुर, २ कात्तिक २०८१ । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमाबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा-४ स्थायी घर भै काठमाडौ रातोपुल बस्ने शशिकान्त चौलागाईं रहेका छन् ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर बाट खटिएको प्रहरी टोलीले चौलागाईंलाई नियन्त्रणमा लिएको डिसपी ढुण्डीराज नेउपानेले बताए । चौलागाईंको साथबाट स्रोत नखुलेको ८ लाख ५० हजार रुपैयाँ बरामद गरिएको उनले बताएका छन् ।

जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर चौलागाईं माथि थप अनुसन्धान अघि बढाइएको बताइएको छ ।

सम्बन्धित समाचार