आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरू चढेको बस दुर्घटना, २२ जना घाइते

अनलाइन दर्पण 2025-04-26
img

झापा । काठमाडौंबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा  काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएका छन् । 

घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

Advertisement