भक्तपुर । हाल विश्व भर एकै त्रासले सतायको छ । त्यो हो कोरोना भाइरस । चीनमा महामारीको रुप लिएको नोवेल कोरोनो भाइरसको संक्रमण विभिन्न देशमा फैलिएको छ । जसका कारण चीनमा मात्र ५६३ भन्दा बढिको ज्यान गई सकेको छ भने चीन बाहिर १ जनाको मृत्यु भई सकेको छ ।
यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।
चीनमा कोरोना भाइरसको प्रकोपबाट हाल सम्म ५६३जनाको मृत्यु भई सकेको चीनको स्वास्थ्य संगठनले जनाएको छ भने संक्रमण भएका १,१५३ जना निको भई सकेका छन् । यस्तै कोरोनाबाट २८,०१८जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य संगठनका अनुसार २४,७०२ जनामा सङ्क्रमण भएको आशङ्का रहेको छ भने १,८६,३५४जना चिकित्सकीय निगरानीमा रहेका छन् । तर संक्रमित हुनेको संख्या सरकारी तथ्यांक भन्दा अति धेरै रहेको अनुमान विज्ञले गरेका छन् ।
विश्व भरका विभिन्न देशमा चीनबाट आउने व्यक्तिहरुमा विमानस्थलमै परीक्षणको व्यवस्था गरिएको छ । कोरोना समूहको नयाँ भाइरसको संक्रमण फैलिएपछि नेपालमा त्यसको संक्रमणको अवस्था र जोखिमका सम्बन्धमा डा. राेशिना थापासँग गरिएको सानो कुराकानी ।
कोरोना भाइरस हाल सम्म देखा परेका भाइरस मध्यमा नयाँ भाइरस हो । यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । तर नयाँ भाइरस भएपनि यो सजिलै मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ चीनमा । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ । यसको बारेमा अहिलेसम्म पनि त्यति स्पष्ट हुन सकेको अवस्था छैन विश्व भरका बैज्ञानिक यसको विषयमा खोजी एवं अनुसन्धानमा नै जुटेका छन् ।
यो भन्न सक्ने अवस्था छैन । यो जनावर बाट सरेको भन्ने पक्का भएको छ तर विभिन्न संचार माध्यमहरुले भने जस्तो बुहान सहरको जनावर मार्केटबाट यसको सुरुवात भएको अनुमान गरिएपनि यो पुष्टी भने भएको छैन । बुहानमा यो पहिलो पटक देखा परेको तथा बुहान जनावरको मासुका लागि विश्वभरमा नै विख्यात बजार हुनुले पनि यो भाइरस यहाँ बाट सरेको अनुमान लगाउनु सहज हो । हाल सम्म यो सर्प वा चमेरो के बाट सर्यो त भन्ने विषयमा अनुसन्धान भई रहेको छ । निश्चित यो जनावर बाट नै यो भइरस सरेके हो भन्ने पक्का भएको छैन ।
साथै यो अरु जनावरलाई पनि सर्न सक्छ भने भनिएको छ तर हाल सम्म यसको विषयमा थप जानकारी भने कसैले पाउन नसकेको अवस्था रहेको छ ।
नोेवेल कोरोनाको संक्रमण हुँदा हामीलाई रुघाखोकी लागेको जस्तो हुन्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण हाल सम्म देखा परेका छन् । यो फ्लूसँग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी लागेका व्यक्तिबाट समेत सतर्क रहनु पर्ने यसको लक्षणले देखाएको छ ।
यो भाइरस कति छिटो मानिसमा वा अन्यमा सर्न सक्छ भन्ने भन्ने सक्ने अवस्था नै छैन । एक्कासी महामारिका रुपमा फैलिएको यो भाइरसलाई विश्व स्वास्थ्य संगठनले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिए छ तथापी स्वास्थ्य संगठनले यो कति छिटो सर्न सक्छ भन्ने विषयमा हाल सम्म एकिन गर्न सकेको छैन । त्यसैले यो कति छिटो सर्छ भन्ने विषयमा भन्न सक्ने अवस्था छैन ।
तर यो सरुवा रोग नै हो भन्ने पक्का भई सकेको छ । कति समयमा यसले महामारीको रुप लियो त भन्ने विषयमा भने विश्वभर हाल अनुसन्धानको नै विषय भएको छ ।
यो कुन भाइरस हो? कसरी सर्छ? यसले मानिसहरुमा कस्तो असर पार्छ? यसको ‘ओरिजिन’ के हो? रोगको प्रकृति कस्तो हुन्छ? भन्ने सबै कुराहरु पत्ता नलागेका कारण अन्दाजकै भरमा यसको विषयमा अनुसन्धान जारी रहेको छ । हाल सम्म नाम दिइसके पनि यो ‘मिस्टेरीयस’ रोग हो ।
नेपाल यसको ठुलो जोखिम भएको देश हो । नेपालमा सबै भन्दा बढि आउने भनेको नै चीनियाँ पर्यटक हुन् र हाम्रो सिमा नजिक भएकाले यहाँ जनावरबाट पनि यो फैलने सम्भावना भयो भने यो सहज रुपमा नेपाल छिर्न सक्छ । नेपालमा हाल सम्मको स्वास्थ्य जोखिम वहन गर्न सक्ने क्षमतालाई हेर्ने हो भने बुहानमा जस्तो संक्रमण नेपालमा भएको भए हाल सम्म मृत्यु हुनेको संख्या दशौं हजारमा हुने थियो यो पक्का हो । यसैले विश्व स्वास्थ्य संगठनले संसारभर सतर्कता अपनाउन आग्रह गरेको हामी पनि सर्तक हुनु जरुरत छ ।
स्वस्थ मानिस वा समूहलाई कुनै पनि स्थलबाट हिँडडुल गर्नबाट रोक लगाइ सम्भावित सङ्क्रमणबाट उनीहरूलाई जोगाउन वा उनीहरूबाट सर्वसाधारणलाई हुन सक्ने खतरा रोक्न निश्चित समयका लागि सुरक्षित स्थानमा राखेर निगरानी गर्ने कार्यलाई क्वारन्टीन भनिन्छ ।
त्यसका लागि स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिहरूसँग सम्पर्क हुन नदिने व्यवस्था मिलाउनु जरुरी हुन्छ । उक्त अवधिमा सङ्क्रमित क्षेत्रबाट उद्धार गरिने व्यक्तिहरूलाई नियमित अनुगमन गरेर रोगका लक्षण भए नभएको निधो गर्छन्।
कोरोनाभाइरसको हकमा कम्तीमा दुई सातासम्म क्वारन्टीन गर्ने अर्थात् निगरानीमा राख्नुपर्ने हुन्छ ।
उक्त अवधिमा क्वारन्टीनमा राखिएका मानिसहरूको नाक, घाँटी तथा श्वासप्रश्वाससम्बन्धी अङ्गको भित्री भागबाट समेत विभिन्न नमुना निकालेर परीक्षण गरिन्छ ।
उक्त अवधिमा उनीहरूको उपचारमा सक्रिय हुने चिकित्सक, नर्स तथा अन्य विज्ञ वा निगरानीमा रहने सुरक्षाकर्मी, खाना तथा ढुवानी लगायतको बन्दोबस्ती गर्ने व्यक्तीहरूले विशेष सावधानी अपनाउने गर्छन् ।
– हात धुने
– जथाभावी हात नमिलाउने
– जे पायो त्यही नछुने
– जथाभावी छोएका हात आँखा, मुखमा नलाने
– रुघा, खोकी लागेका व्यक्तिको नजिक नजाने