अमला खानुका औषधिजन्य फाइदा

अनलाइन दर्पण 2020-11-04
img

अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ। अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ।

अमलाले युवाहरुमा यौवन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ। तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ। यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ।

अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यो प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल पनि हो । अमलाको नियमित सेवनले आँखाको ज्योति बढाउँछ, दिमाग तेजिलो बनाउँछ र छालाका विभिन्न समस्याबाट टाढा राख्छ । आउनुहोस् जानौं यस्ता छन् अमलाका अन्य फाइदाः

-अमलामा पानीको मात्रा बढि हुने भएकाले पिसाबसम्बन्धी समस्याबाट छुटकारा गराउँछ ।

-प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ।

-अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान सक्छ ।

-अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन।

-अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन। यसको नियमित सेवनले शरिर स्फूर्त राख्छ । मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउँछ ।

-अमलाले रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ । अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायत विभिन्न पोषक तत्व हुन्छन् । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

-दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन।

-अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ।अमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।

-दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ।

-अमला कपालका लागि पनि अति नै फाइदाजनक छ । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । यति मात्रै होइन, कपाल टुक्रनबाट पनि बचाउँछ ।

-अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ ।

सम्बन्धित समाचार

Advertisement