काभ्रेकी २७ वर्षीया युवतीले दिइन् आफ्ना ३० वर्षका पतिलाई कलेजो

अनलाइन दर्पण 2024-07-14
img

काभ्रेकी एक २७ वर्षीया युवतीले आफ्नो कलेजो दिएर आफ्ना ३० वर्षीय पतिको ज्यान जोगाएकी छन्।  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले २७ वर्षीया पत्नीको कलेजो ३० वर्षीय पतिमा प्रत्यारोपण गरेको हो।

विदेशी चिकित्सकको सहयोगबिना नेपाली चिकित्सक टोलीले मात्रै काभ्रेका ती युवकमा कलेजो प्रत्यारोपण गरेको त्रिवि शिक्षण अस्पताल स्रोले जनाएको छ। 

वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ती युवकमा कलेजो प्रत्यारोपण गरिएको हो। 

योसँगै त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म १५ जनामा कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ।  

सम्बन्धित समाचार