विद्यालयको  वार्षिकोत्सवमा  रक्तदान

अनलाइन दर्पण 2018-04-02
img

भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आफ्नो विद्यालयको ३० औं वार्षिकोत्सवको  उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ ।

विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजनामा स्थानीय गुङ्गचिवा मन्दिरको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, भू.पू.विद्यार्थी, अभिभावक तथा शुभचिन्तक लगाएत ५८ जनाले  रक्तदान गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि दिलीप प्रजापति, मध्यपुर थिमि रेडक्रस शाखाका सभापति ज्ञानदेव श्रेष्ठ, मध्यपुर थिमि न.पा.का वडा नं ६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापति, संस्कृतिविद श्रीगोपाल प्रजापति तथा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सदस्य कैलाशभक्त प्रधानाङ्ग लगायतले रक्तदान जीवनदान भएकाले यसले मानव स्वस्थ्यमा सकरात्मक प्रभाब पार्ने बताउँदै विनायक शिक्षा निकेतनले गुणस्तरीय तथा सीपमूलक शिक्षाका क्षेत्रमा साथ–साथै समासेवा जस्तो पवित्र कार्यमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । 

कार्यक्रममा अन्य अतिथिहरुले विनायक शिक्षा निकेतनले शैक्षिक उत्थानमा मात्र नभई सामाजिक सेवाको क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुभयो । 

विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले अहिलेको पुस्ताले सानै उमेरदेखि नै मानवीय र पवित्रभावले उत्प्रेरित हुन विद्यार्थीहरुकै क्लव परिचालित गरी कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गराएको बताउनुभयो ।

कार्यक्रमको संयोजन जुनियर रेडक्रस सर्कलका संयोजक रामचन्द्र प्रजापतिले गरेका थिए । 

 

Related Post: विद्यालयको वार्षिकोत्सवमा रक्तदान

 

सम्बन्धित समाचार

Advertisement