भक्तपुर। मध्यपुर थिमि मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीले सिद्धिकाली गुठी संचालानार्थ ग्ल्याडस्टोन अक्षयकोष स्थापना गरि रकम मध्यपुर थिमि नगरपालिका वडा नं.८ का वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठको प्रमुख आथित्यमा गुठिका नाइके जीतबहादुर प्रजापतिलाई रकम हस्तान्तरण गरेकाे छ ।
कला र सँस्कृति रहे मात्र हामी रहन्छौँ यसको रक्षा हाम्रो दायित्व भन्ने सत्यलाई हृदङगम गर्दै ग्ल्याडस्टोन समुदायमा (Gladstone in community)भन्ने नाराका साथ आयोजित कार्यक्रममा छात्रोदय पुस्तकालय बाहाखा बजार थिमिलाई बिस्केट जात्रा अँकित टि सर्ट तथा सिद्धिकाली गुठी लाई नगद एक लाख पचास हजार रुपैयाँ हास्तान्तरण गरि कार्यक्रम सम्पन्न गरेकाे एकेडेमीका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काले बताए ।
सिद्धिकालि गुठीका गुठियार सदस्य,छात्रोदय पुस्तकालयका पदाधिकारी,समाजसेवी,जनप्रतिनिधि,सुभेच्छुक ,विद्यालयका शिक्षक/शिक्षिकाहरुको उपस्थिति रहेको कार्यक्रम विद्यालयको प्राङ्गणमा संचालन गरियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा मध्यपुर थिमि वडा नं. ८ का वडाध्यक्ष देवकृष्ण मोय श्रेष्ठले सामाजिक सेवामा ग्ल्याडस्टोन एकेडेमीको भूमिका सरहानीय रहेको र यसले आफूमा नयाँ उर्जा प्रदान गरेको बताउनु भयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले विगत २४ वर्षदेखि अनवरत शिक्षाको क्षेत्रमा आफूलाई समाहित गर्दै आएको विद्यालय समाजको हरेक सरोकारमा आफूलाई उपस्थित गराउन लागिपरेको बताउनुभयो।