पुर्बी क्षेत्रीय सामुदायिक बिध्यालयका प्रधानाध्यापकहरुको दुई दिने गोष्ठी साखुमा

अनलाइन दर्पण 2019-04-11
img

चैत २७, काठमाडौं                                                                         

पुर्बी क्षेत्र सयुक्त बिध्यालय समिती को प्रधानध्यापकहरु को गोष्ठी सन्खरापुर नगरपालिका २ मा २७/२८ चैत्र मा चलिरहेको छ। समितीमा काठमाडौंको पुर्बी क्षेत्रको तीन नगरपालिका गोकर्णस्वोर ,कागेस्वरी-मनहरा र स खरापुर भित्रका आधारभुत र माध्यामिक ६४ वटा बिध्यालय सदस्य रहेका छन।

हरेक बर्ष पालै पिलो नेतृत्व चयन गर्ने गरेको र हाल यस्को संयोजक नेपाल राष्ट्रिय निर्माण  माध्यमिक बिध्यालयका प्र अ पुरुशोत्तम पहाडी रहेका छन । पहाडी  को सभापतित्वमा भएको कार्यक्रममा तिनै नगरपालिकाको मेयर सहित व डा अध्यक्ष सहित को सहभागिता रहेको थियो।

यस समितिले आफ्नो समितिको भित्रका सबै बिध्यालयमा सम्मान क्यालेन्डर र प्रश्नपत्रको निर्माण ,शिक्षक गोष्ठी र तालिम प्रदान गर्ने गरेको छ।

कार्यक्रममा कागेस्वरी -मनहरा नगरपालिकाको मेयर कृष्णहरि थापाले आफ्नो क्षेत्र  अधिकार भित्र रहेका बिध्यालयको शैक्षिक सुधार गर्न विद्यार्थीलाई खाजा कार्यक्रम ,शिक्षकलाइ समय सापेक्ष तालिम ब्यबस्था गर्ने कुरा बताउनु भयो।

त्यसै गरि आफू सरकारी स्कुल पढाउने आफ्ना छोरा छोरी निजि बिध्यालयमा लगेर भर्ना गर्ने काम शिक्षक हरु ले बन्द गर्नु पर्ने बताउनु भयो।यसै गरि शंखरापुर नगरपालिकाको मेयर सुबर्ण श्रेष्ठ ले पनि नगरपालिकालाई शैक्षिक हब बनाउन जस्तो सुकै सहयोग गर्न तत्पर रहेको बताउनु भयो।

कार्यक्रमका सभापति पहाडीले आ ब ०७४/७५ मा समितीले गरेका गतिविधि सहित कार्यक्रमका विषयमा आफ्नो मन्तव्य राख्नु भएको थियो।दोश्रो दिन प्रदेश सभासद मणिराम फुयालको उपस्थिति सहित कार्यक्रम नया नेतृत्व चयन सहित समापन हुने जानकारी कार्यक्रम को सभापतिले गराउनु भयो।

सम्बन्धित समाचार

Advertisement