सिन्धुपाल्चोक। बलेफी गाउँपालिकाको गाउँ शिक्षा समितीको विद्यालय खारेजीको निर्णयले बलेफी गाउपालिका वडा न ५ ज्यामिरे स्थित श्री सेतीदेबी आधारभुत बिद्यालयका कलिला बालबालिका मारमा परेका छन् । गाउँ शिक्षा समितीको विद्यालय खारेजीको निर्णयले त्यहाँका बालबालिका शिक्षा प्राप्तिबाटै वन्चित बन्नुपर्ने अवस्था आएको हो ।
विद्यालय खारेजीको निर्णयसंगै त्यस भेगका बालबालिकाले अब पढ्नका लागि नजिकको विद्यालय पुग्न कम्तिमा एक घण्टा धाउनुपर्ने वाध्यता सिर्जना भएको छ ।
देशभरि नै सामुदायिक बिद्यालयका आधारभुत तहमा विद्यार्थी सङ्ख्या घटिरहेको बेला गाउ शिक्षा समितीले विद्यार्थी कम भएको र कक्षा १ देखी ३ सम्म मा कम्तिमा १० जना विद्यार्थी भएको बिद्यालय मर्ज गर्ने भन्दै बिद्यालय लाई मर्ज गर्न लागेको हो ।
गाउँ शिक्षा समितीको निर्णयले बलेफी गाउपालिका वडा न ५ ज्यामिरे स्थित श्री सेतीदेबी आधारभुत बिद्यालय र वडा न ४ स्थित फलाटे देवी आधारभुत बिद्यालय सहित बलेफी गाउपालिका का ५ वटा आधारभुत बिद्यालय खारेजीमा परेका छन । तर सेतीदेवी आधारभुत बिद्यालयमा भने गाउँ शिक्षा समिती को मापदन्ड भन्दा बढी १२ जना बिधार्थी भर्ना भई अध्ययन गरिरहेका छन ।
स्थानिय अबिभावक रन्जित पौडेलका अनुसार गाउँ शिक्षा समितीले आफ्नै निर्णयको प्रतिकुल हुने गरी बिद्यालय खारेज गर्न लागेकोले भन्दै त्यसको घोर आपत्ती जनाउदै गाउपालिकालाई यथाशिघ्र बिद्यालय सन्चालन गर्न गराउन अनुरोध गर्दै अबिभावकहरुको तर्फबाट वडा कार्यलय मार्फत गाउ शिक्षा समिती लाइ ज्ञापनपत्र समेत बुझाएको बताए । यदी यसो नगरे समुदाय आफैले बिद्यालय नियमित सन्चालन गराउने समेत अबिभावक पौडेलले बताए ।