विश्वकै कान्छा प्रोफेसर, यति सानो उमेरमा बेलायतको चर्चित विश्वबिद्यालयमा पढाउँछन्

अनलाइन दर्पण 2019-07-31
img

सुन्दा पत्यार नलाग्ला तर यो सत्य हो । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ ।गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन् ।

१४ वर्षका किशोरको विलक्षण प्रतिभा देखेर याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनु परेको थियो । जसका लागि विश्वविद्यालय समेत केही समय अप्ठ्यारोमा परेको थियो । -एजेन्सी

सम्बन्धित समाचार

Advertisement