सांसद शान्ता चौधरी ११ कक्षामा भर्ना, कक्षागत रोल नम्बर ६२

अनलाइन दर्पण 2019-08-09
img

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी ११ कक्षामा भर्ना भएकी छन् । यस वर्ष माध्यमिक शिक्षा परीक्षा उत्तिर्ण गरेपछी उनलाई कक्षा ११ मा भर्ना हुने बाटो खुलेको हो ।

चौधरी काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् ।कक्षा ११ मा भर्नाका हुनका लागि चौधरी शुक्रबार विहान १० बजे नै रत्यराज्य मावि पुगेकी थिइन् ।

११ कक्षामा भर्ना भएकी शान्ताले आफ्नो कक्षगत रोल नम्बर ६२ रहेको जनाएकी छन् ।उनले कक्षा ११ मा भर्ना हुन पाउदा खुशी लागेको प्रतिकृया ब्यक्त गरिन ।

यस वर्ष माध्यमिक शिक्षा परीक्षा उत्तिर्ण भएपछी सामाजिक सञ्जालामा उनको र नायिका करिश्मा मानन्धरको खुबै चर्चा भएको थियो ।पछिल्लो समय उमेर बढी भएका र बिभिन्न कारणले पढाइ छुटकाहरु पनि स्कुल जाने क्रम बढ्दै गएको छ ।

सम्बन्धित समाचार

Advertisement