गोठाटार स्कुलका ३ विद्यार्थीको ४ जिपिए, कागेश्वरी मनोहरा न.पा. कै उत्कृष्ट नतिजा

अनलाइन दर्पण 2019-08-27
img

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाकाे कोगोठाटारस्थित गोठाटार इंग्लिस सेकेन्डरी स्कुलका तीन विद्यार्थीले एसईईमा ४ जिपिए ल्याएर विद्यालयले ऐतिहासिक सफलता ल्याएको छ । विद्यालयका तीन विद्यार्थी ब्रबिम कोइराला, अस्मिता चापागाईं, सुश्मिता न्यौपानेले एसईईमा ४ जिपिए ल्याउन सफल हुन ।

साे विद्यालयबाट २७ जना विद्यार्थीले परीक्षा दिएकोमा १९ जनाले ३.६ जिपिए भन्दा माथि र ८ जनाले ३.२ भन्दा माथि ल्याएका छन् । ४ जना विद्यार्थीले ४ जिपिए ल्याउने अपेक्षा विद्यालयले राखेको विद्यालयका प्रधानाध्यापक रामेश्वर दाहाल बताउँछन् । विद्यालयको यो नतिजा पछि अबका दिनमा त्यस्तै नतिजा ल्याउने चुनौती थपिएको उनी बताउँछन् । विद्यार्थीहरुलाई सधैं राम्रो भविष्यको लागि उत्प्रेरणा दिई रहेको यस विद्यालयलले यो पटक सम्म गरेर २० औं ब्याच एसईई दिई सकेको छ र हरेक वर्ष उत्कृष्ट नतिजा दिई राख्न सकेको छ । विद्यालयका सबै शिक्षक, अभिभावक व्यवस्थापन सबै एकदम खुसी छन् ।

सम्बन्धित समाचार

Advertisement