संभोगले अध्यात्ममा लगाव बढाउँछ–अनुसन्धानकर्ता

अनलाइन दर्पण 2016-10-02
img

संभोगलाई लिएर एक रिसर्चले यस्तो रहस्य बाहिर ल्याएको छ जसले तपाईलाई आश्चर्यमा पार्नसक्छ । संभोगको दौरान हर्मोन उत्पन्न हुन्छ । उक्त हर्मनले अध्यात्ममा बढावा दिने वैज्ञानिकहरुको दाबी छ । यसका कारण पनि भगवानप्रति आस्था बलियो हुन्छ ।
रिसर्चका अनुसार संभोग प्रक्रियामा अक्सिटोसिन नामक हर्मोन उत्पन्न हुनेगर्छ । यस हर्मोनले सामाजिक बंधन मजबुत गर्नुको साथै महिलाहरुमा बच्चा जन्माउन मदत गर्ने तथा भगवान् प्रति लगाव पनि बढाउने काम गर्छ ।
अमेरिकी ड्युक युनिभर्सिटीको एक टोलीले यस विषयमा रिसर्च गरेको थियो । अध्ययनका दौरान अनुसन्धानकर्ताले मध्य उमेर भएका मानिसहरुमा अक्सिटोसिनको स्तर बढाउने काम गरे । त्यसपछि उनीहरुमा अध्यात्मको भावना बढेको पाइएको थियो ।

यसको असर करिब एक हप्तासम्म रहेको थियो । जुन व्यक्तिहरुले यो हर्मोन प्राप्त गरेका थिए, मेडिटेसनको दौरान उनीहरुमा धेरै सकारात्मक भावना पाइएको थियो ।
अध्ययनका लीथ अर्थर र सोसियल साइकोलोजिष्ट पेटी वान केपलनले भनेका छन्,‘अध्यात्म, ध्यान, स्वास्थ्य र कल्याण एकआपसमा जोडिएका हुन्छन् । हामीहरु तिनै जैविक कारक तत्वबारे जान्न इच्छुक थियौ । जसले अध्यामिक अनुभव बढाउछ । अक्सिटोसिनले अध्यात्मिक सोच बढाउनमा सहायक पाइएको थियो ।’

सम्बन्धित समाचार

Advertisement