मातृभूमि स्कूलमा भादगाउँ अन्तरराष्ट्रिय बाल नाटक महोत्सव  हुने

अनलाइन दर्पण 2016-10-21
img

सानोठिमीस्थित मातृभूमि स्कुलको आयोजनामा ‘भादगाउँ अन्तरराष्ट्रिय बाल नाटक महोत्सव’  हुने भएको छ। आउँदो आइतबारदेखि शुक्रबारसम्म चल्ने महोत्सवमा बंगलादेश,  श्रीलंका, इरान, पाकिस्तानका पाँचवटा र  नेपालका तर्फबाट काठमाडौंका दशवटा र उदयपुरको एउटा स्कुलको एउटा गरी कुल १६ नाटक मञ्चन हुनेछन्।

‘जुनसुकै देशमा पनि नाटक अनमोल सम्पत्ति मान्न थालिएको छ। नाटकजस्ता कलाका माध्यमबाट देशहरुका मौलिक रहनसहन, रीतिरिवाज, संस्कृति प्रसार हुन्छ। यसकारण नाटक महोत्सवले सहभागी देशहरुबीच सदभाव बढाउने अपेक्षा लिएको  आयोजक मातृभूमि स्कुलले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ।’  हरेक वर्ष थप परिस्कृत रुपमा अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्दै जाने लक्ष्य बोकेको स्कुलले यस वर्ष नाटक महोत्सवका अलावा नाटकमा  सहभागी हुने विदेशी कलाकर्मीहरुलाई भक्तपुर, काठमाडौँ र ललितपुरका साँस्कृतिक महत्व बोकेका बस्ती, साँस्कृतिक सम्पदादेखि चन्द्रागिरी डाँडासम्मको यात्रा गराउनेसमेत जनाएको छ।

सम्बन्धित समाचार

Advertisement