विनायकका बिद्यार्थीलाई दक्षता अभिवृद्धि तालीम

अनलाइन दर्पण 2016-10-21
img

भक्तपुर, कार्तिक ५। मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन ई.से.स्कुलले आफ्ना विद्यार्थीहरूको चौतर्फी विकासका लागि  उप्प्रेरणामूलक तालिम सम्पन्न गरेको छ ।

नेपाल अस्ट्रेलिया मैत्रीसंघ र विद्यालयको संयुक्त आयोजनामासम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई कसरी आफैं उप्प्रेरित भई भविश्यमा सहज जीवन बनाउने भन्ने विषयमा प्रशिक्षण गराइएको थियो ।

कार्तिक ४ र ५ गते भएको उक्त तलिममा बिध्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए भने सहभागीहरुलाई  चाइना र अस्ट्रेलियाबाट आएका प्रशिक्षकहरूले दक्षता अभिवृद्धि गर्ने  बिभिन्न सीपहरू सिकाएका थिए । 

सम्बन्धित समाचार

Advertisement