भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन भक्तपुरको अध्यक्षमा राजन कसपाल निर्वाचित भएका छन् । मोडर्न बोर्डिंङ्ग स्कुल, दधिकोट भक्तपुरको प्रिन्सिपल कसपाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
शुक्रबार सम्पन्न प्याब्सन भक्तपुरको १६ ओैं अधिवेशनले कसपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितको वरिष्ठ उपाध्यक्षमा जनप्रेमी वल्र्ड स्कुलका प्रिन्सिपल निलेश आचार्य, उपाध्यक्षमा बिजय कर्माचार्य, सचिबमा सूर्य बहादुर भण्डारी, कोषाध्यक्षमा रत्नमान शंखदेव चुनिएका छन् । त्यसैगरी सह–सचिवमा लिलानाथ निरौला, सह–कोषाध्यक्षमा लक्ष्मी कुटु छनिएका छन् ।
यस्तै, सदस्यमा मीना महर्जन, इश्वर बहादुर श्रेष्ठ, प्रभुनारायण यादव, शंकरकुमार कर्ण कायष्ठ र कृष्ण कार्की निर्वाचित भएका छन् । अधिवेशनले जीवन श्रेष्ठ, यज्ञराज भट्टराई र दिनेश मैनालीलाई महाधिवेशन प्रतिनिधिहरुमा छनौट गरेको छ ।