फेरी सर्याे कक्षा ११ को परीक्षा

अनलाइन दर्पण 2017-05-31
img

भक्तपुर, जेठ १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा आउँदो असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

बोर्डको हिजाे बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिए । असार ८ गतेदेखि सञ्चालन गर्न तय गरिएको परीक्षा सरकारले असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेपछि असार ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा अगाडि सारिएको हो ।

दोस्रो चरणको चुनावका कारण छिटो परीक्षा लिने काम सम्पन्न गर्न शनिबारसमेत परीक्षा सञ्चालन हुने रिमालले बताउनुभयो । बोर्डको शैक्षिक क्यालेण्डरअनुसार वैशाख २४ गतेदेखि परीक्षा सञ्चालन हुनुपर्ने भए पनि स्थानीय तहको निर्वाचनका कारण पटकपटक मिति सारिँदा विद्यार्थी अन्योलमा पर्दै आएका थिए । परीक्षामा चार लाख ४९ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

सम्बन्धित समाचार

Advertisement