२०२६ काे विश्वकप फुटबल मेक्सिको, अमेरिका र क्यानडामा हुने भएको छ ।
रुसमा सम्पन्न ६८ औं फिफा कंग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजनाको अधिकार प्रदान गरेको हो । तीन मत बदर भएपछि २०० मतमध्ये अमेरिका, क्यानडा र मेक्सिकोले १३४ मत पाए ।
यसअघि अमेरीकाले १९९४ को विश्वकप आयोजना गरेको थियो भने मेक्सिकोले १९७० र १९८६ को विश्वकप सफल रुपमा गरेको थियो ।
मोरक्कोले १२ शहरका १४ स्टेडियममा विश्वकप आयोजना गर्ने दावेदारिता दिएको थियो । उत्तरी अमेरीकी देशहरुले भने विश्वकपका पूर्वाधार निर्माणका लागि १६ बिलियन अमेरीकी डलर खर्च गर्ने जनाएको थियो । -एजेन्सी