सिन्धुपाल्चाेकका भण्डारीले जिते विश्व तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक

अनलाइन दर्पण 2018-07-18
img

काठमाण्डौ, २ साउन । दक्षिण कोरियामा जारी १२ औं तेक्वान्दो कल्चर एक्स्पोर विश्व तेक्वान्दो हामादाङ प्रतियोगितामा  सिन्धुपाल्चाेकका प्रेम भण्डारीले  स्वर्ण पदक जितेका छन् । 

भण्डारीले ८० केजी तौल समूहमा  गेरोगी(fight) तर्फ स्वर्ण पदक जिते भने पुम्से तर्फ  रजत पदक हात पारे ।

नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष समेत रहेका भण्डारीले यो सफलता जीवनको महत्वपूर्ण उपलब्धी भएको बताए ।

‘मेहनतअनुसारको फल प्राप्ति भएको छ,’ दक्षिण कोरियामा रहेका भण्डारीले  भने, ‘म निकै खुशी छु, देशका लागि खेलेको थिएँ, आफ्नो जिम्मेवारी पूरा गरें ।’ उनले अझै धेरै मेहनत गुपर्ने बताउँदै अवसर पाएको बेला पदकका लागि दिलोज्यान दिने बताए ।

‘मैले जिल्लामा गरेको दुःख र मेहनतले यहाँसम्म अार्इपुगेकाे हु ।’ उनी भन्छन्, ‘यो पदक सिंगो जिल्ला र देशले पाएको हो ।’

विभिन्न अन्तरराष्ट्रियस्तरका तेक्वान्दो खेलमा पदक हात पारिसकेका भण्डारी अहिलेको सफलताले जिल्लामा तेक्वान्दो खेलिरहेकाहरुलाई थप उर्जा, हौसला र प्रेरणा बन्ने बताउँछन् ।

भण्डारी आइसल्यान्डको टापुमा हुन लागेको २०१८ जेजु वल्र्ड हामादाङ प्रतियोगिता मा भाग लिएर स्वदेश फर्कनेछन् ।

कोरियाको मुजु तेक्वान्दोवन १२ औं बिश्व तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा नेपालसहित अन्य ८७ देशहरूको सहभागिता रहेकाे थियो ।

सम्बन्धित समाचार