सुनवल नगरपालिका नेपालको पहिलो बालमैत्री स्थानीय तह घोषणा

अनलाइन दर्पण 2018-08-19
img

  अंगद यादव नवलपरासी पश्चिम ३ भदौ ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका नेपालको पहिलो बालमैत्री स्थानिय तह घोष्णा भएको छ ।

नगरपालिकाका प्रमुख भिम बहादुर थापाको अध्यक्षतामा भएको बालमैत्री नगर घोषणा कार्यक्रममा प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेलले भव्य समारोह बिच नगरपालिकालाई नेपालको पहिलो बालमैत्री स्थानिय तहमा घोषणा गरिएको छ ।

सुनवल नगरपालिकाको वार्ड नम्बर १२ भुमहीमा आयोजित बालमैत्री नगर घोषणा समारोहमा बालेमैत्री घोषणा गरिदै सुनवल नगरपालिकालाई नेपालको पहिलो बालमैत्री स्थानिय तहको रुपमा घोषणा गरिएको नगरपालिकाका प्रमुख भिम बहादुर थापाले बताएका छन ।

समारोहको प्रमुख अतिथिको रुपमा रहेनु भएको प्रदेश नं.-५ को मुख्यमन्त्री शंकर पाखरेलले सुनवल नगरपालिकालाई बधाई दिनु भयो सथै यस नगरपालिकाले नेपालमा उदहारणीय कार्य गरेको मुख्यमन्त्रीले प्रसंशा गर्नु भयो ।

कार्यक्रमको विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेल, राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, प्रदेश नं.-५ को भौतिक तथा पुर्वधार मन्त्री बैजनाथ चौधरी, प्रदेश सांसद बैजनाथ जयसवाल लगायतकाले पहिलो बालमैत्री घोषणा गरेकोमा नगरपालिकालाई बधाई दिइएका छन ।

समारोहमा, नगरमा रहेको कुल १६० वटा बाल क्लबहरु, १३ वटा वडा स्तरिय बालक्लब संजाल र १ नगर स्तरिय बाल क्लब संजाल रहेको र नगरमा कुल ६८ हजार ८२ जन संख्या मध्ये २८ हजार २६० जना बालबालिका रहेको नगरपालिक प्रमुख भिम बहादुर थापाले बताएका छन ।

सम्बन्धित समाचार

Advertisement