नगरपालिकाले जनताको ढाड सेक्ने गरि कर वृद्धि गरेको विरुद्ध  संघर्ष समिति गठन

अनलाइन दर्पण 2018-08-25
img

अंगद यादव/ नवलपरासी पश्चिम ९ भदौ

नवलपरासी पश्चिममा राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्वमा कर वृद्धि विरुद्ध संघर्ष समिति गठन भएको छ ।

शनिवार अादर्श मा वि परासीमा सर्वपक्षीय बैठक बसी रामग्राम नगरपालिकाले जनताको ढाड सेक्ने गरि कर वृद्धि गरेको र भ्रष्टाचार तथा अनियमितता भएको भन्दै रामग्राम स्थानिय संघर्ष समिति गठन गरेको राजपा नेपालका जिल्ला सचिव रामअाज्ञा पाण्डेले बताउनु भएको छ ।

१५ सदस्यीय संघर्ष समितिका संयोजक नया शक्ति नेपाल नवलपरासीका अध्यक्ष अमिरुल्लाह मिया रहेका छन ।

उक्त बैठक संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षता रहेको थियोे भने राजपा केन्द्रीय सदस्य पुरन चौधरीको प्रमुख अतिथ्यता रहेको थियो त्यसैगरी उक्त बैठकमा राजपा नवलपरासीका युवा नेता नगेन्द्र अग्रहरी, रामअाज्ञा पाण्डे, रविप्रताप यादव, विरेन्द्र ठाकुर, रामकुण्डल यादव लगायतको सहभागिता थियोे । समितिले रामग्राम नगरपालिका लाई ज्ञापनपत्र बुझाइ विभिन्न डाटा संकलन गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement