बलत्कार न्युनिकरण गर्न आईजीपीलाई गृहमन्त्री थापाले दिए यस्तो निर्देशन

अनलाइन दर्पण 2018-08-30
img

काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्न गम्भीर भइ तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । 

बिहिबार नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई गृहमन्त्रालयमा बोलाएर गृहमन्त्री थापाले महिला हिंसा र बलात्कारका घटनाको उजुरीमा लापरबाही नगरी गम्भीरतापूर्वक कारबाही गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता घटना रोक्नका लागि विशेष योजना बनाउन समेत प्रहरीलाई निर्देशन दिएका छन् ।

बलत्कारका घटना न्युनिकरणका लागि देशव्यापी रुपमा अभिभावकदेखि बालबालिका सम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रालयको ठहर छ ।

गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहीँकतै त्यस्तो भए उनिहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए । 

गृहसचिव प्रेमकुमार राई समेत सहभागीे छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरको बालिका मृत्यु घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्नेगरी सबैपक्षले काम गर्नुपर्ने बताए । 

इन्टरनेट मार्फत अश्लिलता बढेको कारण पनि बलत्कारका घटना बढेकोले  यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको जनाएको छ । 

सम्बन्धित समाचार

Advertisement