बानेश्वरबाट हराएकी निक्की  २० दिनपछि  वीरगञ्जमा भेटिइन्

अनलाइन दर्पण 2018-09-04
img

काठमाडौं, १९ भदौ । काठमाडौंको बानेश्वरस्थित मिलन चोकबाट २० दिनअघि  हराएकी १५ वर्षीय निक्की पराजुली वीरगञ्जमा भेटिएकी छन् ।
खोजतलास गर्ने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय, वीरगञ्जले उनलाई फेला पारेको हो ।

जोशीले उनलाई काठमाडौंसम्म ल्याएर परिवारलाई जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ । पराजुली यसअघि पनि पटकपटक हराउने गरेकी थिइन् ।

प्रहरीसँग सोधपुछका क्रममा उनले साथीसँग मिलेर विरगञ्ज गएको बताएकी छन् ।‘साथीले जाउँ भनेकाले’ आफू त्यहाँ गएको उनले प्रहरी समक्ष बयान दिएकी छन् ।

भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत् छिन ।

सम्बन्धित समाचार

Advertisement