अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकका खड्काले जिते कास्य पदक

अनलाइन दर्पण 2019-07-29
img

थाइल्याण्ड, बैंकक । ५ औं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकका रोहिन्द्र विक्रम खड्काले कास्य पदक जितेका छन् । थाइल्याण्डको बैंककमा जुलाइ २७-२८ मा भएको उक्त प्रतियोगितामा उनले ७०-८० तौल समूह अन्तर्गत कास्य पदक जितेका हुन् ।

पहिलो फाइट भारतीय खेलाडी सन्तोष गुल्दकरलाई नकआउट गर्दै उनी सेमिफाइनलमा पुगेका थिए । फिलिपिन्सका माक यन्थोनी बेनोजासँग पराजित हुँदै उनले कास्य पदक जितेका हुन् ।

उनी उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ यमुनाडाँडाबाट यहाँ आएका थिए ।

प्रतियोगितमा २१ देशका खेलाडीहरुलाई पछि पार्दै उनले उक्त पदक प्राप्त गरेका हुन् ।

खड्का नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकको जिल्ला कार्यसमितिमा सचिव तथा सुनकोशी खेलकुद विकास समितिको अध्यक्ष समेत रहेका छन् ।

सम्बन्धित समाचार