सिन्धुपाल्चाेक । नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरूपमा सफल बनाउन, चौतारा साँगाचोकगढी नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको विकास गर्न र सुकेटेलाई नेपालकै पर्यटन केन्द्रको रूपमा विकास गर्न यही फागुन १ देखि ७ गतेसम्म ‘सुकुटे सिन्धु’ महोत्सव हुने भएको छ ।
चौतारा साँगाचाकेगढी नगरपालिका र पर्यटन व्यवसायीहरुको बिहीबारको प्रारम्भिक संयुक्त बैठकले सो निर्णय गरेको हो ।
नगरपालिका र पर्यटन व्यवसायीहरुको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको हो । बैठकले महोत्सवको कार्यक्रको प्रकृति, स्थान लगाएत अन्य विभिन्न विषयमा अध्ययन गर्दै कार्यक्रमको संभावना अध्ययन गर्न नगर प्रमुख अमान सि. तामाङको संयोजगत्वमा एक कार्य समिति समेत गठन गारेको छ ।