नवलपरासी पश्चिममा १० जनाको पुष्टि संगै कोरोना संक्रमित २ सय नाघ्यो

अनलाइन दर्पण 2020-08-28
img

अंगद यादव/ नवलपरासी पश्चिम १२ भदौ ।

नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या २ सय नाघेको छ ।  बिहीबारसम्म थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिहिवार संक्रमितहरुमा प्रतापपुर गाउँपालिका वडा नं.-४ बस्ने २५, ५० र ३३ बर्षका पुरुष, सरावल गाउँपालिका वडा नं.-४ बस्ने १७ र ४८ बर्षका पुरुष र सोही वडाका ५५ र ४७ बर्षकी महिला रहेका छन् ।

यस्तै सरावल गाउँपालिका वडा नं.२ बस्ने ६५ बर्षकी महिला र स्वास्थ्य चौकीमा कार्यरत ५३ बर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस्तै रामग्राम नगरपालिका वडा नं.-६ बस्ने ३९ बर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिए ।

नवलपरासी पश्चिममा हाल सम्म ५ हजार ३ सय ५९ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये ४ हजार ७ सय ९ जनाको पिसिआर नजिता नेगेटिभ आएको बताइएको छ। यस्तै अझै ४ सय ४४ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यस्तै हालसम्म जिल्लामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै १ जनाको मृत्यु भएको छ । गत भदौ २ गते नवलपरासी पश्चिमका नेपाली कांग्रेस उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सम्बन्धित समाचार

Advertisement