भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याउदै चाँदीको गरगहना नियन्त्रणमा

अनलाइन दर्पण 2020-11-10
img

अंगद यादव/नवलपरासी पश्चिम २५  कार्तिक । नवलपरासी पश्चिमको सीमा क्षेत्रबाट तीन लाख भन्दा बढीको चाँदीका गरगहना र मुर्ति गेरमा अस्थायी सशस्त्र प्रहरी पोष्टबाट नियन्त्रणमा लिएको छ ।

पाल्हिनन्दन गाउँपालिका वडा नं.-५ चमनटोलामा बिषेश सुराकीको आधारमा शसस्त्र प्रहरी बल नेपाल नं.-२६ गण हेडक्वाटर नवलपरासी पश्चिमको मातहतमा सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश गेरमाबाट खटिएको गस्ती टोलीले सरप्राइज चेकपोष्ट खडा गरी चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याउदै गरेको ३ किलो ३४६.५ ग्राम चाँदीका गरगहना र मुर्तिहरु नियन्त्रणमा लिएइको हो ।

करिब तीन लाख भन्दा बढि मूल्य बराबरको रहेको उक्त गरगहना र मुर्ति आवश्यक कार्यवाहीको लागि महेशपर भन्सार पठाइएको सुचना अधिकारी रोेशन घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार