सिंगटी हाइड्रोपावरले स्थानीयवासीका लागि सेयर खुलायो

अनलाइन दर्पण 2021-01-17
img

श्रीकृष्ण बुढाथोकी । माघ ४, दोलखा। दोलखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सिंगटी खोलामा निर्माण भएको २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि साधारण शेयर आइपिओ खुल्ला गरेको छ ।

आयोजनाको निर्माण कम्पनी सिंगटी हाइड्रो इनर्जीले आयोजना प्रभावित र सर्बसाधरणका लागि जारी गर्न लागेको ४३ लाख ५० हजार कित्ता साधारण सेयर खुल्ला गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कालिञ्चोक गाउँपालिका र बिगु गाउँपालिकाका स्थानीयवासीलाई लक्षित गर्दै १४ लाख ५० हजार कित्ता साधारण शेयर खुला गरेको हो । सेयर आवेदन खुल्ला माघ ४ गते देखि माघ १९ गतेसम्मको समय निर्धारण गरिएको छ ।

स्थानीयवासीको लागि सेयर भर्न नेपाल बैंक लिमिटेड सिंगटी शाखा , सेञ्चुरी कमर्सियल बैंक सिंगटी शाखा, सिंगटीस्थित आयोजनाको कार्यालय र कालिञ्चोक गाउँपालिका २ बाबरेमा संकलन केन्द्र राखिएको छ ।

निष्कासन हुने कुल सेयरमध्ये १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको र बाँकी सर्बसाधरणका लागि आह्वान हुनेछ।

एकातिर सेयर भर्नको लागि स्थानीयहरू सिंगटीमा नै पुग्नुपर्ने भएकाले स्थानीय स्तरमा नबसी कामको शिलशिलामा देशका विभिन्न भागमा पुगेका साथै विदेशमा रहेका स्थानीय हरू भने मार्कामा परेका छन् भने अर्कोतिर कोभिड सङ्क्रमणको जोखिम अझै रहिरहेको अवस्थामा राजधानी लगाएत देशका अन्य भुभाग बाट गाउँ गाउँमा पुग्ने स्थानीयहरूले कोभिड गाउँघरमा नपुर्याउलान भन्न सकिन्न। यसमा सम्बन्धित निकायले समयमै ध्यान पुर्याउन सकेमा राम्रो हुनेछ।

 

सम्बन्धित समाचार