एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित

अनलाइन दर्पण 2025-09-19
img

काठमाडौं, ३ असोज। नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।

शुक्रबार बिहान आयोजित उक्त कार्यक्रममा अध्यक्ष ओलीलाई निम्तो भए पनि उपस्थित नभएको बताइएको छ। कार्यक्रममा अध्यक्षका लागि छुट्टै आसन समेत राखिएको थिएन।

महासचिव शंकर पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षता गरेकी थिइन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख वक्ता रहेका थिए। कार्यक्रममा संविधान दिवसको महत्व, वर्तमान राजनीतिक परिस्थिति र एमालेको भूमिका विषयमा विभिन्न नेताहरुले विचार व्यक्त गरेका थिए।

ओली अनुपस्थित रहनुको कारणबारे औपचारिक जानकारी दिइएको छैन।

सम्बन्धित समाचार

Advertisement