झापामा जङ्गली हात्ती मृत फेला

अनलाइन दर्पण 2025-09-20
img

झापा । मेचीनगर नगरपालिका–१ देवीगञ्जस्थित धान खेतमा आज (४ असोज) बिहान एक वयस्क पोथी जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मृत हात्तीको पोस्टमार्टम तयारी भइरहेको छ र घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार मृत हात्तीको उमेर करिब २२ वर्ष रहेको अनुमान गरिएको छ। उनका अनुसार हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो, जसपछिल्लो बिहान एउटा हात्ती मृत फेला परेको हो।

हात्तीको मृत्युको कारण पोस्टमार्टमपछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

Advertisement