काठमाडौं, २२ असोज। प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते गर्ने निर्णयपछि निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।
निर्वाचनको मिति घोषणा र कार्यतालिका सार्वजनिक गर्दा दलहरूसँग परामर्श नगरेको भन्दै सरकार र निर्वाचन आयोग दुवै पक्षको आलोचना भइरहेको थियो।
यही आलोचनापछि आयोगले अब असोज ३० गते दलहरूसँग छलफल गर्ने तयारी गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफलका लागि आवश्यक तयारी भइरहेको छ। उनले भने, “दलहरूसँग छलफल गर्ने असोज ३० का लागि तयारी भएको छ, औपचारिक पत्र लेख्न बाँकी छ।”