गृहमन्त्री गुरुङद्वारा दिवंगत ट्राफिक इन्स्पेक्टर अभय लामालाई अन्तिम श्रद्धाञ्जली

अनलाइन दर्पण 2026-04-17
img

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका ट्राफिक प्रहरीका निरीक्षक (इन्स्पेक्टर) अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छन्।

काठमाडौंको तार्केश्वर नगरपालिकामा भएको उक्त दुर्घटनामा परी मृत्यु भएका लामाको शुक्रबार दाहसंस्कार गरिएको हो। गृहमन्त्री गुरुङले स्वयम् लामाको शव बोकेर अन्तिम सम्मान प्रकट गरेका थिए।

२०८२ चैत २९ गते तार्केश्वर नगरपालिका–८, डाँडागाउँमा लामाले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका लामाको उपचारका क्रममा बीएन्बी अस्पतालमा निधन भएको हो।

उनकी पत्नी जापानमा रहेका कारण परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार मात्रै दाहसंस्कार गरिएको हो।

इन्स्पेक्टर लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए।

सम्बन्धित समाचार

Advertisement