सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

अनलाइन दर्पण 2017-09-20
img

सिरहा, ५ असोज। सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सत्यनारायण यादवले एक हजार २८० मत प्राप्त गरे ।

त्यस्तै, गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालकी अरहुलादेवी सिंहले दुईहजार सात मत प्राप्त गरी विजयी भएकी छिन । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ललितादेवी यादवले एक हजार २२० मत प्राप्त गरेकी छिन ।

सम्बन्धित समाचार

Advertisement