सर्लाही, ५ असोज। सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवार किसुनदेव राय २३ सय १६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजपाका दिनेश यादवले १८ सय ४० मत ल्याए ।
उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकी इन्द्रकलादेवी साह २२ सय ७७ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी राजपाकी नुरुल खातुनले १९ सय ५१ मत ल्याएकी छन् ।