वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरम विजयी

अनलाइन दर्पण 2017-09-27
img

काठमाडौं, ११ असोज। २ नं. प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी विजयी भएका छन् । मेयर निर्वाचित सरावगीले १९ हजार तीन सय ९३ मत प्राप्त गरे भने उपमेयरमा नेपाली कांग्रेसकी शान्ति कार्कीले १९ हजार ६ सय सात मतका साथ विजयी भएकी छन् ।
 
केही महिना अघि मात्र माओवादी केन्द्रबाट संघीय समाजवादी फोरममा प्रवेश गरेका सरावगी वीरगन्जका प्रतिष्ठित उद्योगपति हुन् ।  मतगणनाको सुरुमा पछाडि रहेका सरावगीले मतगणनाको मध्य समयदेखि सबै उमेद्वारहरुलाई उछिन्दै अघि बढेका थिए । 

वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, माओवादी केन्द्रका रहबर अन्सारी, एमालेका बसरुद्धिन अन्सारी, राजपाका राजेशमान सिंह र लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव प्रतिस्पर्धामा उत्रिएका थिए । 

वीरगन्जका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।
 

सम्बन्धित समाचार

Advertisement