नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नै सपना बेचेर खानेहरुले जनताको सेवा नगर्ने कुरा बताएका छन । उनले दासको जीवन बाँच्नु भन्दा बलिदान गर्नु उचित भन्दै किसान, मजदुर, महिला, बुद्धिजीवी, प्रहरी र सेनालाई पनि दासता र दलाली बाट मुक्त हुन विद्रोहमा लाग्न आह्वान गर्नु भएको छ ।
महासचिव विप्लवले ‘ रगतको भेलबाट जन्मिएको हाम्रो सपना जिउँदै भएको बताएक छन। नेपाललाई मुक्त गराउन दलाल व्यवस्थाबाट सम्भव नभएकाले यसको अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु पर्ने महासचिव विप्लवले बताएका छन ।