कपिलबस्तु,१२ कार्तिक। तिन बर्षदेखी फरार कृष्णनगर निवासी ईण्डो नेपाल क्रिकेट टुर्नामेन्टका संस्थापक कौशर अलीको हत्यारालाई स्थानीयबासी र मृतकका परिवारले अल्ताब हुसेन उर्फ पिन्टु को पीडित पक्ष लगायत स्थानीय बासीको सहयोगमा घेरा हालेर पक्राउ गरेर ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु लाई बुझाएका छन् ।
मृतक कौशर अलीको भाई हैदर अली लगायत स्थानीय बासीहरु ले नै पिन्टुलाई पक्राउ गरेर प्रहरीलाई बुझाउन जादा त्यहीँबाट हत्यारा पिन्टु स्थानीय बासीको र प्रहरीलाई झुक्याएर पछाडिको बाटो हुदै भाग्ने क्रममा स्थानीय बासी र प्रहरीको सहयोगमा पुनः हत्यारा पिन्टुको खोज तलाश शुरु गरी दोस्रो पटक पिन्टुलाई स्थानीयबासी र प्रहरीले पक्राउ गरेको थियो ।
भाग्ने क्रममा आक्रोशित जनताहरुले हत्यारा पिन्टुलाई कुटपिट गरेर घाइते बनाएको को मार थिए ।उपचारको लागि पिन्टुलाई तत्काल शिवराज अस्पताल बहादुरगन्ज उपचार भैरहेको । (ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु प्रहरी निरीक्षक प्रमुख सुबाष गैरेले जानकारी दिनुभएको छ ।साथै पिन्टुलाई भाग्न सहयोग गर्ने सरफराज खानलाई पक्राउ गर्ने बताए ।
पिन्टुको हालतबारे शिवराज अस्पताल बहादुरगंजका डाक्टर लोकेन्द्र थापाले पिन्टुको टाउको र आखाम चोटको देखेको छ अहिले सामान्य छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ निवासी कौशर अलीलाई कृष्णनगरमा राति ९ः३० बजे गोली हानेका थिए गोली लाग्ने बितिकै कौशर अलीलाई गम्भीर हालतमा काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
हत्यारा पिन्टुलाई हाल उपचार पछी प्रहरी हिरासतमा राखेको । ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रमुख सुबाष गैरेले बताए ।