दमक, १७ कात्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक बनाउन बाम गठबन्धनको विकल्प नभएको स्पष्ट पार्नुभएको छ । गृहजिल्ला झापाको दमकमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष ओलीले अबको राजनीतिक उदेश्य भनेको समृद्धि हासिल गर्ने नै भएको बताउनु भयो ।
आसन्न निर्वाचन सम्पन्न भएपछि मुलुकमा बाम गठबन्धनको दिगो सरकार स्थापना हुने र मुलुक समृद्धिको दिशामा अगाडी बढ्ने बताउनु भयो । अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहना अनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ, अध्यक्ष ओलीको भनाई थियो ।
उहाले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको भन्दै बेरोजगारीे अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने समेत स्पष्ट पार्नुभयो ।
उहाँले नेपाली काँग्रेसलगायतका दललाई चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्न, गलत लाञ्छना लगाउने काम नगर्न र सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्धंन नगर्नसमेत आग्रह गर्नुभयो