भक्तपुर । भक्तपुर भन्ने वित्तिकै एउटा छुट्टै राजनितिक पहिचान भएको जिल्ला हो । यो भनिरहदाँ भक्तपुर नगरपालिका भित्रमात्र समिति रहेको एउटा पार्टीको राजनितिक घेराबन्दी तोड्ने प्रयासमा एक युवा लागिपरेका छन् ।
राजनिति भर्खरै प्रवेश गरेका र आफ्नै व्यापार गदैं समाज सेवामा समेत सक्रिय रोमन शिलाकार भक्तपुर नगरभित्र एकछत्र राज गरेको नेमकिपाको किल्ला भत्काउन चाहान्छन् ।
आफ्नो पार्टीको सिद्धान्त नमान्नेलाई पानी धारो मात्र होइन, मलामी र जन्ती समेत बोलाउन नचाहाने नेमकिपाको एक दलिय राजको अन्त्य धेरै भक्तपुरबासीले चाहेकाले आफुले आसन्न निर्वाचनमा प्रदेश सभा तर्फ बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको रोमन बताए ।
वि.स २०३४ साल फागुण १६ गते भक्तपुर जिल्लाको भक्तपुर नगरभित्र व्यापारिक केन्द्र वंशगोपालमा जन्मिएका रोमन भक्तपुर नगरलाई सांस्कृति पर्यटनको रुपमा विकाश गरेर स्थानीयको आयआर्जनलाई वृद्धि गर्न सकिने बताउछन् ।
‘नगरभित्र प्रवेश गरेका पर्यकटबाट वार्षिक करोडौ राजस्व लिएर आफ्ना पार्टीका कार्यकर्तालाई पालन पोषण गर्ने तर भक्तपुर एउटा गतिलो पर्यटक बस पार्क र शौचालयको व्यवस्थापन गर्न नसक्नेहरुले भक्तपुरको प्रतिष्ठा धमिलो बनाई रहेका छन्,’ हामीसंग कुरा गर्दै उनले यसो भने ।
राजनितिबाट नै समाज परिर्वतन र विकाश सम्भव लाग्ने रोमन शिलाकार लायन्स क्लब भादगाउँमा आवद्ध छन् । वि.स २०७२ सालको भुकम्प पछि सिथिल बनेको भक्तपुरलाई थोरै भएपनि जगाउन उनले मानविय आस्था नामक एक गैरसरकारी संस्थासंग मिलेर धेरै सर्वसाधरणलाई बास बस्ने व्यवस्था गरे ।
जिवनसंगिनी मिरा, छोरा आर्यविर र छोरी आहाना शिलाकारका साथ हाल भक्तपुरको सूर्यविनायकमा बस्दै आएका उनी भक्तपुरलाई सुन्दर बनाउने विभिन्न योजना बोकेर जनताको घरदैलोमा पुगिरहेका छन् ।
भक्तपुरमा मनाइने सांस्कृति पर्वहरु र विभिन्न खेलकुद प्रतियोगीतालाई सफल बनाउन रोमन शिलाकारले हरेक प्रकारको सहयोग गर्ने गरेका छन् ।