काठमाडौं, कार्तिक २८ । नेकपा एमालेका प्रदेश नम्बर १ का सहसंयोजक तथा भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार शेरधन राईमाथि ट्याम्केमेयुम गाँउपालीकामा आज भएको आक्रमणको नेकपा एमालेले कडा शब्दमा निन्दा गरेको छ ।
उनले आक्रमणलाई आफूले सिंगो एमालेपार्टीपंक्तिमाथिको आक्रमणको रुपमा लिएको भन्दै घटनामा जोसुकै संलग्न भएको भएपनि उनीहरुको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचनलाई भाड्ने र मुलुकलाई भाँडभैलो मच्चाइरहने स्पष्ट भएको एमालेका अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।
हेर्नुहाेस विज्ञप्ती
