रोल्पामा बाम गठबन्धनकाे बर्चस्व, वर्षमान पुन अत्याधिक मतले बिजयी

अनलाइन दर्पण 2017-12-09
img

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् ।

पुनले ४० हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन् ।

प्रदेशसभा तर्फ पनि माओवादी केन्द्रका दुबै उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा ‘क’मा कुलप्रसाद केसी ‘सोनाम’ र ‘ख’ दिपेन्द्र कुमार पुन ‘सिजल’ निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

Advertisement