५ स्थानमा मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी, को-कहाँ अगाडि?

अनलाइन दर्पण 2017-12-11
img

काठमाडौं, २६ मंसिर । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।घोषित क्षेत्रको मतपरिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७७ स्थानमा जित हासिल गरेको छ ।त्यसैगरी, वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३७ स्थानमा जित दर्ता गरेको छ ।

नेपाली कांग्रेसले २१ स्थानमा जित हासिल गर्दा राष्ट्रिय जनता पार्टी राजपा नेपालले १० र संघीय समाजवादी फोरम नेपालले ९ स्थानमा जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक–एक स्थानमा विजयी हुँदा एकजना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अब नति आउन ६ स्थानको मात्र बांकी रहेका छन् । जसमा स्याङ्जा –१ र २, कैलाली १, सुनसरी ३, र सर्लाही ४ रहेका छन् । जसमध्ये ४ स्थानमा वाम गठबन्धनको अग्रता रहेको छ भने १ स्थानमा राजपा पहिलो स्थानमा छ

सम्बन्धित समाचार

Advertisement