नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो, काठमाडौं र भक्तपुरमा पनि संक्रमित फेला

अनलाइन दर्पण 2020-05-12
img

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोभिड-१९ पुष्टि भएको छ । 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो । मंगलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो । 

यसअघि मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका प्रयोगशालामा गरिएको परीक्षणअनुसार पुष्टि भएका सबै ५७ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका थिए । 

नयाँ पुष्टि भएकामा कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बाराका १ जना थिए । हालसम्म प्राप्त विवरणअनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको थियो ।

नेपालमा हालसम्म ३३ जना निको भएर घर फर्किएका छन् । 

भक्तपुरमा पहिलो पटक कोरोना संक्रमित फेला

भक्तपुरमा पहिलो पटक कोरोना भाइरस संक्रमित फेला परेका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संक्रमितमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेका छन् ।  उनीहरुको थप विवरण खुलाइएको छैन । 

यसैगरी काठमाडौंमा पनि नयाँ संक्रमित फेला परेका छन् ।  एक ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यसअघि काठमाडौंमा ५ जनामा कोरोना पुष्टि भएको भएपनि उनीहरु निको भइसकेका थिए । 

 

सम्बन्धित समाचार

Advertisement