काठमाडौं,४ माघ। निर्वाचन आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित प्रदेशसभा सांसद निर्वाचित भएकाहरुको नाम सार्वजनिक गरेको छ ।
बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले सो नामावली सार्वजनिक गरेको हो । आयोगले वेवसाइटमार्फत समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ ।
नेपालको संविधानको धारा १७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
हेर्नुहोस् नामावली :